A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab3720703e494.68358411): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab3720703e494.68358411,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कोभिड - १९ संक्रमण बढेपछि वीरगंजमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कोभिड - १९ संक्रमण बढेपछि वीरगंजमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा



राधेश्याम पटेल

कोभिड - १९ संक्रमण बढेपछि वीरगंजमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा

वीरगंज : संकट व्यवस्थापन केन्द्र, पर्साले शनिवार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्म  जिल्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी गर्ने निर्णय भइसकेको र विस्तृत लिखित विज्ञप्ती आउनै लागेको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

अति आवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिने बस्नेतले जनाए। ‘वीरगंजमा कोरोना संक्रमितलाई लक्षित गरी निषेधाज्ञा जारी गर्न लागिएको हो,’ केन्द्रको एक सदस्यले भने, ‘एक तर्फ निषेधाज्ञा जारी हुदैं छ, अर्कोतर्फ संक्रमितको उपचार तथा कन्ट्याक्ट ट्रेसिङमा आएका तथा अन्य समुदायमा टेस्टिङको दायरा बढाउन पनि गृहकार्य शुरु भएको छ।’ चैत पहिलो साता जुन किसिमको वीरगंजमा अति नै कडा किसिमको निषेधाज्ञा जारी भएको थियो।

सोही अनुरुपको निषेधाज्ञा जारी हुन सक्ने संकट व्यवस्थापन केन्द्रका एक सदस्यले बताएका छन्। उनले भने, ‘अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने छ, पूर्ण रुपमा निषेधाज्ञा पालना नगरे प्रशासनले कडा कारवाही पनि गर्न सक्छ।’ क्राइसिस मेनेजमेन्ट सेन्टरले निषेधाज्ञामा आवश्यक परे नेपाली सेना पनि परिचालन गर्न सकिने र अवज्ञा गर्नेमाथि बल प्रयोग गर्न सकिने पनि उल्लेख रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell