PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतले बनाइदियो महेन्द्र मोरङ बहुमुखी क्याम्पसको भवन, भिडियो कन्फरेन्समार्फत उद्घाटन



पहिलोपोस्ट

भारतले बनाइदियो महेन्द्र मोरङ बहुमुखी क्याम्पसको भवन, भिडियो कन्फरेन्समार्फत उद्घाटन

काठमाडौं : भारतको सहयोगमा विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पस विज्ञान संकायको भवन निर्माण भएको छ।

४ करोड ४३ लाख रुपैयाँमा निर्माण भएको १७ कोठे भवन आज क्याम्पस व्यवस्थापनालाई हस्तान्तरण गरिएको छ।

भवनको उद्घाटन शुक्रवार भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे।

नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा रहेका

छन्। भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७ हजार विद्यार्थी र विभिन्न संकायका पदाधिकारी लाभान्वित हुने विश्वास लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell