PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सर्वोच्च नजिकै नाराबाजी, 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग'

सर्वोच्च नजिकै नाराबाजी, 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौंको माइतीघरमा शुक्रवार दिउँसो सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध नाराबाजी भएको छ। नागरिक आवाज आवद्ध युवाहरुले अदालतको चोला फेर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने मागसमेत गरे।

उनीहरुले 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग', 'दुईतिहाई सरकार, राम मन्दिर होइन, भ्रष्टचारको उत्खनन् गर, 'अदालतको पुनर्संरचना गर, गणतन्त्रको आभाष देउ' लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

श्रीमतीको हत्या गरेका पूर्वडिआइजी रञ्जन कोइराला छुटेपछि सर्वोच्चको निर्णयको विरोध जनाउन मानिसहरु सडकमा उत्रेका हुन्। काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्च अदालतले कैद सजाय घटाएपछि कोइराला छुटेका हुन्।

सर्वोच्च अदालतका प्रधानन्याधीश राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। बिहीवार कोइराला सर्वोच्चले तोकेको कैद सजाय भुक्तान गरेर डिल्लीबजार सदरखोर जेल मुक्त भएका हुन्। रञ्जन छुटेसँगै सर्वोच्चको कदमको विरोध बढ्न थालेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell