PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रकाश सपुतका भाइले ल्याए 'मुसुक्क हाँस' बोलको गीत



पहिलोपोस्ट

प्रकाश सपुतका भाइले ल्याए 'मुसुक्क हाँस' बोलको गीत

काठमाडौं: गायक प्रकाश सपुतका भाइ देबेन्द्र बब्लुले मुसुक्क हाँस बोलको गीत सार्वजनिक गरेका छन्।

उनको तेस्रो गीत ‘कसरी भन्ने’ गीतकै सिक्वेलको रुपमा बब्लुले ‘मुसुक्क हाँस’ ल्याएका हुन्। मुस्सुक्क हाँस गीत सिक्वेल भए पनि भिडियो भने अर्कै अवधारणामा बनाएको बब्लुले बताए।

गीतमा निर्देशक, गायक र मोडलको भूमिकामा रहेका बब्लुले आफैंले कम्पोज गरेका हुन्। काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा मेलिना राईको स्वर रहेको छ भने रोशनी कार्कीले अभिनयमा साथ दिएकी छन्।

लकडाउनमा घर बागलुङ जाँदा गीतको भिडियोको कन्सेप्ट र गीत लेखेको बब्लुले बताए। 'लकडाउनमा घर गएको बेला नै कन्सेप्ट बन्यो। अनि गीतको सबै काम लकडाउनकै बेला भएको हो,' उनले भने। बब्लुले आफ्नै आधिकारिक युट्युब च्यानलमा गीत सार्वजनिक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell