काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १३३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। साथै सोही अवधिमा १०७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन्। योसँगै संक्रमितको संख्या १८ हजार २७४ पुगेको छ। त्यस्तै डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १० जना सहित २५ जिल्लामा संक्रमण पुष्टि भएको छ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा भएको परीक्षणमा सुनसरी र धनकुटा १/१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
कोशी अस्पताल प्रयोगशालामा झापाका ६ र सप्तरीका ७ तथा मोरङ र सुनसरीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १९, मोरङका १ र सुनसरीका ३ जनामा संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल प्रयोगशालामा बारा र सर्लाहीका १/१ तथा पर्साका ३० जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धनुषाका १ तथा शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा पर्सा र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रराजमै भएको परीक्षणमा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा चितवन र उदयपुरका १/१ तथा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ र प्रादेशिक क्षयरोग केन्द्रमा भएको परीक्षणमा कास्कीकै ४ जनामा संक्रमण पुष्टि भएको छ। क्षयरोग केन्द्र प्रयोगशालामा लमजुङका ३ तथा बाग्लुङ र तनुहँका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालामा बाँके र बर्दियाका २/२ र दाङका ४ जनामा संक्रमण पुष्टी भएको छ।
लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशालामा नवलपरासी पूर्व र रुपन्देहीका ४/४ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रयोगशालामा जाजरकोटका १ र कालिकोटका २ जनामा संक्रमण पुष्टि भएको छ।
दैलेख अस्पताल प्रयोगशालामा दैलेखकै ८ तथा सेती अस्पताल प्रयोगशालामा कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ५ हजार ३८३ एक्टि केस उपचारका क्रममा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।