PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटमा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर पुरिए



रासस

अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटमा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर पुरिए

नुवाकोट : अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

बेलकोटगढी नपा-८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए। ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ। स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा-५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन्।

दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन्। पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ। प्रहरी र स्थानीयले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell