PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नाग पञ्चमीको तयारीमा सर्वसाधरण,मौलिक नागको तस्विर संकटमा

नाग पञ्चमीको तयारीमा सर्वसाधरण,मौलिक नागको तस्विर संकटमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शनिवार नाग पञ्चमी। यसदिन घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। त्यसैले बजारमा नागको तस्विर किन्ने र बेच्नेहरुको भीड लागेको छ।

घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।

बजारमा नागका विभिन्न आकृतिका तस्विरहरु पाउन सकिन्छ। हाल धेरैजसो भारतबाट आयातित नागका तस्विरहरुको व्यापार हुने गरेको छ। नेपालमै हातले बनेका नागका तस्विरहरुले बजार पाउन सकेका छैनन्। भारतबाट आउने नागको तस्विरले नेपाली मौलिक नागको तस्विरलाई विस्थापित गर्दै लैँजादा यसरी नागको तस्विर बनाउने समुदाय लोप हुदै गएको छ।

नाग पञ्चमीका दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell