PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

आइसोलेसनमा रहेकी एक महिलासहित कोशी अस्पतालमा दुई जनाको मृत्यु



फूलमाया पुरी

आइसोलेसनमा रहेकी एक महिलासहित कोशी अस्पतालमा दुई जनाको मृत्यु
फोटो : कोशी अञ्चल अस्पताल।

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा शुक्रवार दुई जनाको मृत्यु भएको छ।

अस्पतालको आइसोलेसनमा एक महिलाको मृत्यु भएको हो। शुक्रवार दिउँसो १ बजे ती महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले बताए।

सुनसरीको इनरुवाकी ४० वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु बहादुर बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार बिहिवार राति अस्पताल आइपुगेकी सदाको स्वास्थ्य अवस्था गम्भीर थियो। उनलाई अस्पतालकै आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएकी उनलाई आइसोलेसन वार्डमा सारीएको थियो। ती महिलाको आजै स्वाब संकलन गरी प्रदेश सरकारको प्रयोगशालामा पठाइएको थियो। 

‘बिरामी अस्पताल आइपुग्दा नै ज्वरो रुघा खोकी र छातीमा समस्या देखिएको थियो’, बुढाथोकीले भने ‘आज स्वाब संकलन गरी पठाएपछि मृत्यु भएको हो।’

त्यसो त कोशी अस्पतालमै पनि कोभिड १९ को परीक्षण प्रयोगशाला छ। तर, चाँडो रिपोर्टका लागि विराटनगरस्थित प्रदेश प्रयोगशाला पठाइएको बुढाथोकीले बताए।

रिपोर्ट आइनसकेकाले ती महिलाका परिवारका एक सदस्यलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ। उनको पनि स्वाब संकलन गरीसकिएको छ।

त्यस्तै, कोशी अस्पतालमा अर्का एक युवकको मृत्यु भएको छ। उदयुरको कटाहरी अस्पतालबाट रेफर भएर आएका २६ वर्षीय युवकको शुक्रवार दिउँसो ३:३० वजे मृत्यु भएको हो।

पहिलेदेखि नै निमोनियाबाट ग्रसित ती युवा अस्पताल आइपुग्दा एम्बुलेन्सभित्रै मृत्यु भएको हो। ती युवा र उनका परिवारका दुई सदस्यको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि प्रदेश प्रयोशाला पठाइसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell