PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

गण्डक कोभिड अस्पतालमा आरडीटी पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा आरडीटी पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज : गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक १७ वर्षीया किशारीको मृत्यु भएको छ। शुक्रवार अपराह्न ४ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

आरडीटीमा पोजेटिभ देखिएकी किशोरीको घर बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ हो। झाडापखाला र शरीर काम्ने समस्या भएकी किशोरी गत बुधवार नारायणी अस्पतालमा भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारको लागि गण्डक बहुअरीस्थित निजी अस्पताल वीरगंज हेल्थ केयर अस्पतालमा रेफर गरिएको थियो।

आइसीयूमा राखेर उपचार गर्दा पनि उनको श्वासप्रश्वासमा समस्या थियो। हेल्थ केयरमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई बुधवार राति १० बजे स्वास्थ्य निकाय तथा प्रशासनसँग स्वाब संकलन गराई सम्भावित कोरोना संक्रमितको रुपमा कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

शुक्रवार गण्डक अस्पतालमा बिहान ८५ वर्षीया वृद्धा र अपराह्न ४ बजे १७ वर्षिया किशोरीको मृत्युले चिकित्सक, स्वास्थ्यकर्मी तथा वीरगंजका जनता त्रसित बनेका छन्।

संक्रमित पुग्न सकेनन आइसोलेसन वार्ड

बिहीवार राति पर्साका ३० जना संक्रमित मध्ये २२ घण्टा पुग्न लाग्दा जम्मा ८ जना संक्रमित मात्र सेमिआइसोलेसन वार्डमा आएको बताइएको छ। महानगरको बेवास्ता र एम्बुलेन्सको व्यवस्थापनमा लापारबाहीले गर्दा करिब २२ जना संक्रमित आउन नसकेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell