PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

रातो मछिन्द्रनाथको रथ निर्माण सम्पन्न, शनिवार रथारोहण

रातो मछिन्द्रनाथको रथ निर्माण सम्पन्न, शनिवार रथारोहण

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : लोकेश्वर बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ निर्माण सम्पन्न भएको छ। साउन १० गते शनिवार रथारोहण गराइने भएपछि शुक्रवार रथ निर्माण कार्यलाई पूर्णता दिइएको हो। शुक्रवार घ:मामा भैरवको चित्र बनाइ रथमा राखिएको छ।

सरकारले लकडाउन अन्त्य गरेसँगै सुरक्षा सतर्कता अपनाउँदै साउन १० गते रथारोहण गरिने भएको हो। शनिवार १२ : ०५ देखि १२ : २५ सम्म रातो मछिन्द्रनाथको रथारोहणको शुभ साइत रहेको गुठी संस्थान, ललितपुरले जनाएको छ।

 रथारोहणपछि रातो मछिन्द्रनाथका पुजारीहरुले आवश्यक नित्य पूजाहरु गर्नेछन्।

गुठी संस्थाले १० गते रथारोहण फेरि स्थगित भएको बताएपनि पानेजु र अन्य सरोकारवाला निकायहरुले दबाब दिएपछि पेरि रथारोहण हुन लागेको हो। हाल रातो मछिन्द्रनाथलाई त: बहामा रहेको एक फल्चामा राखिएको छ। बैशाखमा नै मछिन्द्रनाथलाई रथारोहण गरी रथयात्रा गरिनु पर्थ्‍यो। तर लकडाउनका कारण रथयात्रा रोकिएको थियो।

शनिवार रथारोहण भएपनि रथयात्रा कहिले हुने भन्नेमा अन्यौल रहेको छ। शनिवार नै रथारोहण गराउने बारेमा समेत छलफल भइरहेको छ। तर विधिवत् रुपमा नै जात्रा संचालन गर्नुपर्ने माग समेत उठिरहेको छ।

रथ यात्रा सम्बन्धी सरोकारवालाहरुले विज्ञप्ती निकाल्ने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell