PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण पोजेटिभ



राधेश्याम पटेल

गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण पोजेटिभ

वीरगंजः वीरगंजको गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। शुक्रबार अपराह्न ती किशोरीको निधन भएको थियो।

निधनपछि नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण भएको हो। मृतकसँगै शुक्रबार साँझ पर्सा, बारा र रौतहटका थप ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।

उपाध्यायका अनुसार किशोरीलाई सुरुमा नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गरी वीरगंज हेल्थ केयर अस्पताल पठाइएको थियो। हेल्थ केयरबाट गण्डक अस्पताल पठाइएको थियो।

किशोरीको आरडिटी परीक्षण पोजेटिभ देखिएको थियो। यस्तै स्क्रब टाइफस पनि पोजेटिभ देखिएको थियो। अस्पतालका अनुसार फोक्सोमा पनि समस्या देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell