PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अनलाइनमा राखिएको मोबाइल किन्दा नक्कली नोट दिएपछि  युवक समातिए



पहिलोपोस्ट

अनलाइनमा राखिएको मोबाइल किन्दा नक्कली नोट दिएपछि  युवक समातिए

काठमाडौं : नक्कली नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  नेपालगंज उपमहानगरपालिका वडा नम्वर ३ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई पक्राउ गरेको हो । सिंहले अनलाइनमा बिक्री गर्न राखेको मोबाइल खरिद गर्दा नक्कली नोट दिएका थिए। १ हजार दरको १९ वटा नक्कली नोट दिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका युवक स्नातक अध्यानरत विद्यार्थी हुन्।

'मोबाइल किन्दा युवकले २० हजार ५ सय रुपैयाँ दिएका थिए। जसमा १९ हजार रुपैयाँ नक्कली भेटियो,' एसएसपी ज्ञवालीले भने।

युवकले नक्कली नोट कहाँबाट ल्याएका थिए?  बजारमा अरु पनि नक्कली नोट गएका छन्? लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell