PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मोरङमा ट्याक्टरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, चालक ट्याक्टर छोडेर फरार



पहिलोपोस्ट

मोरङमा ट्याक्टरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, चालक ट्याक्टर छोडेर फरार

काठमाडौं : मोरङमा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बिहान साढे ८ बजेतिर मोरङ कटहरी गाउँपालिका हल्दिबारीस्थित भित्री सडकमा को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा आउँदै गरेका एक पुरुषको मृत्यु भएको हो। साइकलमा आउँदै गरेका आएका ५० वर्षीय पुरुष विलट राजभरलाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

गम्भीर घाइते भइ उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएका राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए। ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्याक्टर भने नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell