PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि यस्तो देखियो वीरगंज

अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि यस्तो देखियो वीरगंज

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : वीरगंजलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ। संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रवारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बामोजिम कोरोना संक्रमण्को चेनक्रम टोड्न निषेधाज्ञा जारी गरेको छ। उद्योग व्यापार, पसललगायत सबै बन्द छन्। राजमार्ग तथा भित्री गल्लीहरुमा पनि सर्वसधारण तथा सवारी नचल्दा सडक सुनसान देखिएका छन्।

सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीको आवतजावत मात्र देखिएको छ। पर्सामा १० दिनभित्र ८३ जना संक्रमित थपिएपछि निषेधाज्ञा लगाई मास टेस्टिङबारे गृहकार्य भइरहको र प्रशासनले कडाई गरेको छ।

शनिवार वीरगंजका सहरमा देखिएको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell