PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भारतको मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना



पहिलोपोस्ट

भारतको मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना

नयाँ दिल्ली : भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको खुलासा गरेका छन्।

शनिवार ट्विटमार्फत् मुख्यमन्त्री चौहानले यसबारे जानकारी दिएका हुन्। 'मेरा प्यारा नागरिकहरु, मलाई कोभिड १९ को संकेतहरु देखिएको थियो। परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो,' चौहानले ट्विटमा लेखेका छन्, 'मसँग सम्पर्कमा आउनु भएका सबै सहकर्मी, तथा अन्य जोसुकै हुनु भए पनि कोरोना परीक्षण गर्न जानुहोला। मेरो नजिक रहेकाहरु सबै आफैँ क्वारेन्टाइनमा रहनुहोला।'

चौधरीको अनुपस्थितिमा मन्त्रीहरु नरोत्तम मिश्र, भुपेन्दर सिंह, विशभस सराङ र डाक्टर प्रभु चौधरीको टिमले समीक्षा बैठक संचालन गर्नेछन्।

'कोभिड १९ संक्रमण रोक्न उपचारकै क्रममा मैले पनि सकेको योगदान दिनेछु,' चौहानले भनेका छन्। यसअघि चौहान मन्त्रिपरिषदका एक जनामा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell