PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मलाई साथ दिनुस् भगवान् : अमिताभ बच्चन



पहिलोपोस्ट

मलाई साथ दिनुस् भगवान् : अमिताभ बच्चन

दुई साताअघि बलिउड स्टार अमिताभ बच्‍चनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आरध्या पनि संक्रमित भए। हाल परिवारका चारै जना नानावती अस्पतालमा उपचाररत् छन्। हालसम्म उनीहरूको रिपोर्ट नेगेटिभ आएको छैन।

आइसोलेसनबाटै अमिताभ र अभिषेकले आफ्ना दर्शक एवं शुभचिन्तकलाई आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी दिइरहेका छन्, सामाजिक सञ्जालमार्फत्। अमिताभले त आफ्नो नयाँ रिपोर्टमा कोरोना नेगेटिभ आएको खबरको खण्डन नै गरे।

हाल उनको इन्स्टाग्रामको नयाँ पोस्ट चर्चामा छ। जसमा उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्राथना गरेका छन्। दर्शक एवं आम मानिसको भिडसहितको फोटोमा उनले क्याप्सन लेखेका छन् – 'तपाईंहरूले मतर्फ उठाउनु भएको माया र साथको हातले मलाई हौसला दिन्छ। र, म यो कहिले पनि गुमाउन चाहन्न। यसका लागि मलाई साथ दिनुस् भगवान्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell