PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पुरै परिवार अस्पतालमा, जयाले प्रहरीमा दिइन उजुरी



पहिलोपोस्ट

पुरै परिवार अस्पतालमा, जयाले प्रहरीमा दिइन उजुरी

बलिउड अभिनेत्री जया बच्चनले प्रहरीमा उजुरी दिएकी छन्। पति अमिताभसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले आफूलाई दु:ख दिएको भन्दै बाइकर्सविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएकी हुन्।

परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो। तै पनि पुरै परिवार संक्रमित हुँदा चिन्तामा रहेकी जयालाई मोटरसाइकल कुदाउने ग्रुपले घरकै अगाडि आएर दु:ख दिएपछि प्रहरीमा उजुरी दिएकी हुन्।

रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए। एक दिन होइन दिनदिनै दु:ख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिइन्।

उजुरीपछि प्रहरी टिम जयाको बंगला नजिक पुग्यो। त्यतिखेर बाइकर्स भागिसकेका थिए। फरार बाइकर्सको खोजी प्रहरीले गरिरहेको छ। अहिलेसम्म कुनै बाइकर्सको पहिचान भएको छैन।

यद्यपि प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरेको छ। बाइकर्सको खोजी भइरहेको मुम्बई प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell