PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

भारतमा अर्को महिनादेखि सिनेमा हल खोल्ने तयारी, सूचना मन्त्रालयले गर्‍यो सिफारिस



पहिलोपोस्ट

भारतमा अर्को महिनादेखि सिनेमा हल खोल्ने तयारी, सूचना मन्त्रालयले गर्‍यो सिफारिस

भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले आगामी महिनादेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ।

कोरोना महामारीमा सुरक्षा सतर्कता अपनाउँदै चाँडोमा आगामी अगस्ट १ वा ढिलोमा ३१ तारिखसम्ममा हल खोल्ने अनुमति दिन सूचना मन्त्रालयले गृह मन्त्रालयलाई सुझाव दिएको हो।

सूचना मन्त्रालयका सचिव अमित खरेले निर्णयका लागि गृहलाई सिफारिस गरिएको बताए। उनी आफैले पनि गृहसचिव अजय भल्लासँग यस विषयमा कुरा गरेका थिए।

चाँडोभन्दा चाँडो सिनेमा हल खोल्ने अनुमति दिनका आफूहरुले तयारी गरिरहेको खरेको भनाई छ। सुझावलाई गृहले गम्भीरताका साथ लिएकाले चाँडै खुल्नेमा उनी आशावादी छन्।

तर, गृहले हालसम्म कुनै प्रतिक्रिया भने दिइसकेको छैन।

हल खोल्न सुरक्षा मापदण्ड

सूचना मन्त्रालयले हल खोल्न कोरोना भाइरस सुरक्षा मापदण्ड बनाएको छ। जसअनुसार एक सीट र एक रो खाली राखेर दर्शकलाई हलमा राख्नुपर्ने छ। यो नियमलाई देशभरका सिनेमा घरमा कडाईंका साथ लागु गरिनेछ।

यद्यपि सिनेमा घरका सञ्चालकले यो मापदण्डले २५ प्रतिशत दर्शकका साथ हल चलाउनुपर्ने र यसले घाटा हुने भन्दै विरोध गरेका छन्। घाटा खाएर हल चलाउनुभन्दा बन्द नै ठीक भन्ने उनीहरुको मत छ।

कोरोना महामारीका कारण भारतमा मार्च महिनादेखि सिनेमा घर बन्द छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell