PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

जुवातास खेलिरहेको अवस्थामा माछापोखरीबाट ९ जना पक्राउ, एक लाखभन्दा बढी रुपैयाँ बरामद



पहिलोपोस्ट

जुवातास खेलिरहेको अवस्थामा माछापोखरीबाट ९ जना पक्राउ, एक लाखभन्दा बढी रुपैयाँ बरामद

काठमाडौं : प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई एक लाखभन्दा नगदसहित नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित गुल्मी गाउँपालिका-४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ९ जनालाई नगद १ लाख ३ हजार ८ सय ७५ रुपैयाँ र २ बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell