PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

गोविन्दराज जोशीसहित तीन नेतालाई कांग्रेसले गर्‍यो कारवाही, ५ वर्षका लागि पार्टीबाट निष्काशन



पहिलोपोस्ट

गोविन्दराज जोशीसहित तीन नेतालाई कांग्रेसले गर्‍यो कारवाही, ५ वर्षका लागि पार्टीबाट निष्काशन

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको हो।

पूर्वमन्त्रीद्वय जोशी र ओझालाई ५/५ वर्षका लागि र नेता विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जोशी गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा बागी उम्मेदवार बनेका थिए। त्यसैगरी कैलालीका महासमिति सदस्य ओझामाथि जिल्लामा सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।

विष्ट भने डडेलधुरा कांग्रेसका कार्यालय सचिव हुन्।

कारवाहीअघि अनुशासन समितिले तीनै जनासँग अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधेको थियो। जवाफ चिक्तबुझ्दो नभएपछि शनिवार कारवाही गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell