PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कांग्रेस प्रवेश गर्दै सुनीलबहादुर थापा, पाउलान् सहमहामन्त्री?



पहिलोपोस्ट

कांग्रेस प्रवेश गर्दै सुनीलबहादुर थापा, पाउलान् सहमहामन्त्री?

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका पूर्वमन्त्री सुनीलबहादुर थापासहितका नेताहरु कांग्रेस प्रवेश गर्ने भएका छन्। कांग्रेस प्रवेश गर्ने निश्चित भएपछि थापासहित ३० जनाले शनिबार पार्टीमा संयुक्त राजीनामा बुझाएका छन्। साउन १३ गते थापासहितका नेताहरु पार्टी प्रवेश गर्दैछन्।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले साउन १३ गते थापासहितका नेताहरु कांग्रेस प्रवेश गर्ने बताए। सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय भइसकेको छ। 

थापाले कांग्रेसमा सहमहामन्त्री दाबी गरेका छन्। तर, दुबै पक्षले पदबारे औपचारिक जवाफ दिएका छैनन्।

थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा पराजित भएका थिए। दुई राप्रपाबीच एकीकरण भएदेखि नै थापा पार्टीमा असन्तुष्ट थिए। एकीकरण सभामा पनि उनी सहभागी भएका थिएनन्। थापा संविधानसभा सदस्य हुन्।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा थापा आपूर्तिमन्त्री बनेका थिए।

राप्रपा परित्याग गर्नेमा १२ जना केन्द्रीय सदस्य छन्। जसमा २०५१ को मध्यावधि निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित भएका विष्णुविक्रम थापा पनि छन्। विष्णुविक्रम गृह  राज्यमन्त्री समेत बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell