PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

उत्तर कोरियामा एक जनामा कोरोना भाइरसको आशंका, नेता किमले डाके पोलिटब्युरो बैठक



पहिलोपोस्ट

उत्तर कोरियामा एक जनामा कोरोना भाइरसको आशंका, नेता किमले डाके पोलिटब्युरो बैठक

सिओल : उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो मिटिङ डाकेका छन्। कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा प्रवेश गरेको भन्दै उनले बैठक डाकेका हुन्।

यदि उनले भने झै उत्तर कोरिया प्रवेश गरेका व्यक्तिमा कोरोना भाइरस रहेको भेटियो भने त्यो पहिलो केस हुनेछ। उत्तर कोरियाली अधिकारीहरुले यसअघि त्यहाँ कोरोना भाइरसको संक्रमण नभएको दावी गर्दै आएका छन्।

नेता किमले सीमावर्ती शहर केसोङमा संकटकाल घोषणा गरेका छन् भने लकडाउन गराएका छन्। कोरोना भाइरसको संक्रमण प्रवेश गरेपछि जोखिम बढेको भन्दै उनले यस्तो निर्णय गरेका हुन्।

त्यहाँको समाचार संस्था केसीएनएले जनाए अनुसार तीन वर्ष अघि दक्षिण कोरिया प्रवेश गरेका एक व्यक्ति उत्तर कोरिया फर्केका हुन् जसमा कोभिड १९ को शंका छ।

गैर कानुनी रुपमा सीमा पार हुँदै जुलाई १९ मा ती व्यक्ति उत्तर कोरिया प्रवेश गरेको दावी छ।

उत्तर कोरियाले यसरी भित्रिएका व्यक्तिको कोभिड १९ परीक्षण गरेको या नगरेको भन्ने चाहिँ खुलाएको छैन। ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीसँग सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

उत्तर कोरियाले रसिया र अन्य मुलुकबाट हजारौं कोरोना भाइरस टेस्ट गर्ने किट प्राप्त गरेको छ। उत्तर कोरियामा हजारौंको संख्यामा मानिसहरु क्वारेन्टाइनमा राखिएको छ। त्यहाँको प्रतिवन्ध अहिले केही खुकुलो बनाइएको हो।

नेता किमले सैनिकहरुलाई सीमाबाट प्रवेश गरेको विषयमा अनुसन्धान गर्न जिम्मा दिइसकेका छन् भने आवश्यक कारवाही गर्न पनि भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell