PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नयाँ भर्ना र अनलाइनबाट मात्र कक्षा लिएकालाई अमेरिका प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णय



पहिलोपोस्ट

नयाँ भर्ना र अनलाइनबाट मात्र कक्षा लिएकालाई अमेरिका प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णय

वासिङ्टन : नयाँ भर्ना भएर अनलाइनबाट मात्र कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिका प्रवेश नदिने ट्रम्प प्रशासनले जनाएको छ। कोरोना भाइरसको पेन्डेमिकलाई निहु बनाउँदै शुक्रवार यस्तो निर्णय सार्वजनिक गरेको हो।

यो व्यवस्था नयाँ विद्यार्थीहरुका लागि मात्र लागू हुने बताइएको छ र जो अहिले नै अमेरिकामा छन् उनीहरुलाई यसले कुनै असर पार्दैन। मार्च ९ भन्दा अगाडि अमेरिकाका स्कुलहरुमा भर्ना भइसकेका व्यक्तिका हकमा भने यसले कुनै असर नपार्ने अध्यागमन विभागले जनाएको छ।

आइ - २० इस्यु गर्दा यसैलाई आधार मानेर मात्र प्रकृया अगाडि बढाउन विश्वविद्यालयहरुलाई निर्देशन समेत दिइएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणसँगै अमेरिका आप्रवासी विद्यार्थीप्रति अनुदार बन्दै गएको छ। विभिन्न मुलुकसँगको हवाई यात्रा विच्छ्द लगायतका कारण आगामी शैक्षिक सत्रमा ६३ देखि ९८ प्रतिशतसम्म आप्रवासी विद्यार्थी घट्ने प्रक्षेपण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell