PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

घर आगँनको लगाएको गाँजा काट्दै प्रहरी

घर आगँनको लगाएको गाँजा काट्दै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः सरकारले खेती गर्नेको लागि प्रतिवन्ध लगाएको गाँजा फडानी गर्नु प्रहरीको नियमित काम झैं बनेको छ। गाँजाको सिजनमा वा अन्य समयमा खेती गरिएका वा गाउँघरमा बाटोघाटोमा उम्रिएका गाँजा नष्ट गर्न प्रहरी सक्रिय बन्ने गर्छ।

शनिवार पनि सप्तरीमा प्रहरीले गाँजा नष्ट गरेको छ। प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी नायव निरिक्षक (सई) गंगाराम चौधरी सहितको प्रहरी टोलिले गाँजा नष्ट गरेको हो।

सप्तरी सप्तकोशि नगरपालिका वाड नम्वर- ११ भगनि स्थितमा बिभिन्नब्याक्तिहरुको घर, आगँनमा अबैध रुपमा लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरीले जानकारी दिएको छ। घर आँगनमा लगाएको गाँजाको बोट प्रहरीले काँटेर आफ्नै भ्यानमा राखेर नष्ट गर्न लगेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell