PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिलालाई दुर्व्यवहार गरेको आरोपमा युवा नेतासहित ४ जना पक्राउ, रिहा गर्न मन्त्री र मेयरको दबाब



पहिलोपोस्ट

महिलालाई दुर्व्यवहार गरेको आरोपमा युवा नेतासहित ४ जना पक्राउ, रिहा गर्न मन्त्री र मेयरको दबाब

जनकपुरधाम: महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवा नेतासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति जनकपुरको शिव चोकस्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ताको एक समूहले जिस्क्याउँदै दुर्व्यवहार गरेपछि प्रहरीले तत्कालै पक्राउ गरेको थियो।

जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव, एक अन्य पुरुष र २ महिलासहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। डीएसपी कार्कीले भने, ‘यादवसहितको समूहले महिलालाई जिस्क्याउँदै दुर्व्यवहार गरेको खबर आएपछि जिल्ला प्रहरीबाट गएको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो।’ पीडित महिलाको बयानको आधारमा उनीहरुलाई पक्राउ गरेको कार्कीले बताए।

यता यादवलाई छुटाउन रातिदेखि नै प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले प्रहरीलाई दबाब दिइरहेको एक प्रहरी अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell