PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

संगीतकार श्रेष्ठ सम्मानित, भन्छन्: थौरै सृजनाले पनि कलाकार जीवन्त हुनसक्छ



पहिलोपोस्ट

संगीतकार श्रेष्ठ सम्मानित, भन्छन्: थौरै सृजनाले पनि कलाकार जीवन्त हुनसक्छ

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगीत गरेर गिनिज बुक वर्ल्ड रेकर्डमा सहभागी संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ।

तुलसीपुरमा एक समारोहका बीच संघका दाङ शाखा अध्यक्ष शिव पुन र सामुदायिक रेडियो प्रसारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले प्रमाणसहित बधाई एवं सम्मान व्यक्त गरेका हुन्।

संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगीत गरेर गिनिज बुक वर्ल्ड रेकर्डबाट सहभागीको प्रमाणपत्र पाएका छन्।

संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गीतसंगीतले जीवन्त पाउने बताए। उनले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नभई थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताए।

समारोहमा उपाध्यक्ष गिरी, चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रसारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगीतकार श्रेष्ठको उपलब्धिले दाङलाई चिनाउन मद्दत पुगेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell