PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

पूर्व डीआइजी कोइरालाको केसमा पुनरावलोकनको अनुमति, फेरि सुनुवाइ हुने



पहिलोपोस्ट

पूर्व डीआइजी कोइरालाको केसमा पुनरावलोकनको अनुमति, फेरि सुनुवाइ हुने

काठमाडौं : सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन हुने भएको छ। पुनरावलोकनका लागि  महान्यायाधिवक्ताको कार्यालयले शुक्रवार निवेदन दर्ता गरेको थियो।

आइतवार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगना र कुमार रेग्मीको पूर्ण इजलासमा पुनरावलोकन गर्न अनुमति दिएको हो। अब कम्तिमा पनि तीन न्यायाधीको इजलाशले महान्यायाधीवक्ताको कार्यालयले प्रस्तुत गरेका कारणहरुमा सुनुवाई गर्नेछ।

सशस्त्रका पूर्व डीआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको, प्रमाण लुकाउन शव जलाएको पुष्टि भएको भन्दै काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो। निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचाराधीन बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell