PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लुडो बाजी खेल्दा ७ जना समातिए



पहिलोपोस्ट

लुडो बाजी खेल्दा ७ जना समातिए

काठमाडौं : तपाईँ लुडो बाजीमा खेलिरहनु त भएको छैन? यदि त्यसो हो भने कारबाहीमा समेत पर्न सक्नुहोला है। प्रहरीले पछिल्लो समय पैसा बाजीमा लुडो खुल्नेलाई पक्राउ गर्ने थालेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सुनारगाउँबाट लुडो बाजी खेल्ने ७ जनालाई पक्राउ गरेको हो।

उनीहरु राजकुमार कार्कीको घरमा ५ हजार रुपैयाँमा लुडो बाजी खेलेको अवस्थमा नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले ८७ हजार ५० रुपैयाँ बरामद गरेको वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए।

'घरमा नै बोलाएर बाजी लुडो खेलेको जानकारी आएपछि नियन्त्रणमा लिएका हौं,' डीएसपी कुवरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell