PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

पर्सामा बाढीले करिब १५ सय हेक्टरको धानबाली डुबायो, उखु र तरकारीजन्य बालीमा पनि क्षति



पहिलोपोस्ट

पर्सामा बाढीले करिब १५ सय हेक्टरको धानबाली डुबायो, उखु र तरकारीजन्य बालीमा पनि क्षति

वीरगंज : केही दिनयता परेको अविरल वर्षाको कारण पर्सामा करिब १ हजार ५ सय हेक्टर बालीनाली नष्ट भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै साउन ८ गते ११ बजेसम्मको तथ्यांक अनुसार बाढीले १ हजार ३८१ हेक्टरको धानबालीलगायत उखु तथा तरकारी बाली पनि डुबाएको बताएका छन्। बाढीका कारण उखु ६ हेक्टर तथा ११७ दशमलव २ हेक्टर क्षेत्रफलमा रहेको तरकारी बाली समेत डुबानमा परेको छ।

प्रमुख यादवका अनुसार पोखरीया नगरपालिकामा ६ दशमलव २ हेक्टर, पटेर्वासुगौली गाउँपालिकामा १०४ दशमलव २ हेक्टर, बहुदरामाई नगरपालिकामा २० हेक्टर, सखुवाप्रसौनी गाउँपालिकामा १ हजार ०१५ हेक्टर, कालिकामाई गाउँपालिकामा १०८ हेक्टर, छिपहरमाई गाउँपालिकामा ४३ हेक्टर जमिनमा बाढीका कारण क्षति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell