PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सुदूरपश्चिममा चार बालकसहित थप १७ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

सुदूरपश्चिममा चार बालकसहित थप १७ जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४६ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो।

जसमा सबैभन्दा बढी अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना रहेका छन्। जसमध्ये ४, ६ र ९ वर्षीय बालक पनि रहेका छन्। त्यस्तै, बाजुराको खप्तडछेडेदह १ का दुई महिला र वडा नम्बर ६ का ११ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell