PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दुर्गेश थापा प्रकरणमा आस्था राउतको प्रश्न: नेपाली गीतसंगीत कहाँ जाँदैछ? के दर्शकलाई यस्तै चटक मन पर्दै छ?



पहिलोपोस्ट

दुर्गेश थापा प्रकरणमा आस्था राउतको प्रश्न: नेपाली गीतसंगीत कहाँ जाँदैछ? के दर्शकलाई यस्तै चटक मन पर्दै छ?

गायिका आस्था राउतले नेपाली गीतसंगीत क्षेत्रमा आएको विकृतिप्रति चिन्ता व्यक्त गरेकी छन्। दर्शकले पनि विकृति भित्र्याउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै आक्रोश पोखेकी छन्।

एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका गायक दुर्गेश थापाप्रति पनि आस्थाले असन्तुष्टि जनाएकी छन्।

प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउन लगाउँदा दुर्गेशले भक्तराज आचार्यको गीत गाएका थिए। साथै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई यम बरालको हो भनेका थिए।

दुर्गेशको यो स्तरको सांगीतिक चेतनामाथि आस्थाले प्रश्न उठाएकी हुन्। उनले नाँच्ने मान्छे रहरले गायक भएको र डलरका लागि गाउँदा म्युजिकल ज्ञान कहाँबाट आउँला भनेकी छन्।

नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, Auto-tuneले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु...

Posted by Aastha Raut on Thursday, July 23, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell