PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपोटिज्म मुद्दामा कंगनालाई सोनु निगमको साथ



पहिलोपोस्ट

नेपोटिज्म मुद्दामा कंगनालाई सोनु निगमको साथ

बलिउडमा अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि नेपोटिज्मको मुद्दा चर्किएको छ। मुख्यत यो मुद्दालाई अभिनेत्री कंगना रनावतले उठान गरिरहेकी छन्। जसका कारण केही कलाकारसँग उनको दोहोरी नै चलेको छ। तापसी पन्नू, स्वरा भाष्कर लगायत कलाकारलाई चाप्लुसी गर्ने बी ग्रेड कलाकार भन्दा उनी आलोचित भइन्।

अझै पनि बलिउडमा नेपोटिज्मको मुद्दा सेलाएको छैन। यसैक्रममा चर्चित गायक सोनु निगमले नेपोटिज्म मुद्दामा कंगनालाई समर्थन गरेका छन्। सोनुले संगीत उद्योगलाई माफियाले चलाएको बताउँदै आएका छन्।

एक अन्तर्वार्तामा सोनुले कंगनाले उठाएको मुद्दालाई समर्थन गर्दै उनको खुलेर प्रशंसा गरेका छन्। ‘मेरो हृदयमा कंगनाका लागि धेरै सम्मान छ। यस्तो बोल्ड कदमका लागि हिम्मत र दिमागमा स्पष्ट हुनुपर्छ,’ सोनुले भनेका छन्।

कंगनाले आफूले नदेखी, नभोगेर नेपोटिज्म र अन्य विषय नउठाएकाले यी कुरामा अझै बहस आवश्यक रहेको उनको भनाई थियो।

नेपोटिज्मको विषय उठेपछि यसअघि सोनुले भिडियोमार्फत टि-सीरीज र भूषण कुमारमाथि नातावाद/परिवारवाद र गुटबन्दीमा रमाएको आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell