PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एक महिला जवानसहित प्रदेश १ प्रहरी कार्यालयका १९ जना प्रहरीमा कोरोना पुष्टि



पहिलोपोस्ट

एक महिला जवानसहित प्रदेश १ प्रहरी कार्यालयका १९ जना प्रहरीमा कोरोना पुष्टि

मोरङः विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानसहित १९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले १४६ जना प्रहरीको स्वाब परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको बताए। गत विहीवार १ सय ४६ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। यसअघि प्रदेश कार्यालयका ५ जना प्रहरीमा कोरोना देखिएको थियो।

डिआइजी कार्कीका अनुसार अन्य प्रहरी कर्मचारीमा संक्रमण फैलिने जोखिम बढेपछि कार्यालय सिल गरिएको छ।

यता प्रहरी प्रधान कार्यालय नक्सालमा आजमात्रै ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुसँग सम्पर्कमा आएका अन्य प्रहरीको परीक्षण गरिएको छ। बाँकी प्रहरीको रिपोर्ट भने आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell