PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोना संक्रमण बढेपछि विराटनगरमा कडाई : मास्क नलगाउनेलाई महानगरले 'ठाउँका ठाउँ' मास्क दिने!



फूलमाया पुरी

कोरोना संक्रमण बढेपछि विराटनगरमा  कडाई : मास्क नलगाउनेलाई महानगरले 'ठाउँका ठाउँ' मास्क दिने!
फाइल फोटो

विराटनगर : कोभिड १९ संक्रमण बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सुरक्षा सतर्कता बढाउन थालिएको छ।

आइतवार एक विज्ञप्ति जारी गर्दै अति आवश्यकबाहेकका सेवाहरु बन्द भएको जनाएको छ।

यता महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार आइतवार बिहान बसेको क्राइसिस म्यानेजमेन्टको निर्णय केही बेरमै सार्वजनिक हुँदैछ।

पोखरेलले भने, 'महानगरले लकडाउन गर्ने निर्णय गरेको छैन। तर महानगरको कार्यालयभित्र भिडभाड बढ्न थालेकोले अत्यावश्यक सेवाबाहेकका कार्यलाई रोके पनि कर्मचारी बिदा र कार्यालय नै बन्द भने होइन।'

महानगरले मास्कसमेत अनिवार्य गरेको छ। मास्क नलगाउनेलाई जरीवाना लिने र मास्क उपलब्ध गराउने तयारी महानगरले गरेको छ। उनले भने, 'मास्क अनिवार्य गरिएको छ। नलगाइ हिँडेको पाइएमा मास्क बराबरको शुल्क लिएर तत्काल त्यहीँ मास्क उपलब्ध गराउनेछौं।'

यसैगरी महानगरले साप्ताहिक वा हप्तामा निश्चित दिन लाग्ने हाटबजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। अन्य दैनिक रुपमा सञ्चालनमा आइरहेका पसल उद्योगहरुमा सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ।

महानगरले सुरक्षा मापदण्ड अपनाएको वा नअपनाएको अनुगमनका लागि प्रशासकिय अधिकृतको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ। समितिमा जिल्ला प्रशासन, प्रदेश सरकार, उद्योग वाणिज्य, स्वास्थ्यलगायतका प्रतिनिधि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell