PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

२४ घण्टामा ३१ जिल्लाका १३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

२४ घण्टामा ३१ जिल्लाका १३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१ जिल्लाका १३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा झापा र सिराहाका १/१ जना तथा मोरङका ३ र इलामका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका २, मोरङका २३ तथा उदयपुर र तेह्रथुमका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १ र महोत्तरीका २ तथा नारायणी अस्पताल प्रयोगशालामा पर्साका १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दाङ र नुवाकोटका १/१ तथा काठमाडौं र सोलुखुम्बुका २/२ जना संक्रमित पुष्टि भएको छन्।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौं र पर्साका ३/३ जनामा संक्रमण पुष्टि भएको छ।

हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ तथा रौतहट र मकवानपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा बाराका १ तथा स्टार अस्पताल सानेपामा कास्कीका १ र काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्की र गोरखाका २/२ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र अर्घाखाँचीका १/१ जना तथा भेरी अस्पतालमा बाँकेका २, बर्दियाका ६ र जुम्लाका १ जनामा संक्रमण पुष्टि भएको छ।

लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा रोल्पाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पताल प्रयोगशालामा दैलेखका १ र सुर्खेतका ३ जनामा तथा दैलेख पीसीआर प्रयोगशालामा दैलेखकै २४ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा अछामका १४, कञ्चनपुरका १ र बाजुराका ३ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोभिड-१९ को संक्रमण १८ हजार ६१३ जनामा पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १३ हजार १२८ जनामा उपचार पछि डिस्चा१र्ज भएर फर्किएका छन्।

५ हजार ४४० जना संक्रमित उपचारका क्रममा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell