PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

पूर्व डीआइजी कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलाविरुद्ध साझा पार्टीको प्रदर्शन

पूर्व डीआइजी कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलाविरुद्ध साझा पार्टीको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलाविरुद्ध साझा पार्टीले पाटन क्षेत्रमा आइतवार विरोध प्रदर्शन गरेको छ।

सो फैसलाले संवैधानिक प्रतिष्ठा, कानुनी राज्यको सिद्धान्त र न्यायको अपेक्षामाथि तुषारापात भएको भन्दै विरोध प्रदर्शन गरिएको साझा पाटीले जनाएको छ। सर्वोच्चले हत्याका दोषीलाई सजाय कटौती गरी उन्मुक्ति दिँदा न्यायलयको विश्वास, भरोसा र आस्थामाथि कुठाराघात हुने बताइएको छ।

यद्यपि, सर्वोच्च अदालतको सो फैसला पुनरावलोकन हुने भएको छ। पुनरावलोकनका लागि महान्यायाधिवक्ताको कार्यालयले शुक्रवार निवेदन दर्ता गरेको थियो।

सशस्त्रका पूर्व डीआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको, प्रमाण लुकाउन शव जलाएको पुष्टि भएको भन्दै काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर, सर्वोच्चले भने ११ वर्ष सजाय घटाउने फैसला गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell