PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

रानीपोखरीमा जम्दै पानी

रानीपोखरीमा जम्दै पानी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हाल पोखरीमा पानी भर्ने तयारी भइरहेको छ। पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि नयाँ स्वरुपमा निर्माण हुँदैछ।  

गएको कही समययता भएको वर्षाका कारण पोखरीमा पानी जम्न सुरु भएको छ। यता त्रि चन्द्र क्याम्पसबाट बोरिङ गरेरपनि पोखरीमा पानी भर्ने तयारी गरिएको छ। तर बोरिङबाट पानी हाल्ने विषयमा अभियन्ताहरुले प्रश्न खडा गरेपछि हाल सरोकालवाला निकायहरु छलफलमा छन्। पोखरीमा प्राकृतिक रुपमा नै पानी भर्ने बारेमा समेत छलफल भइरहेको छ। 

हाल पोखरीको चारैतिर पर्खाल लगाउने काम भइरहेको छ। लकडाउनका कारण केही ढिला भएको पुनर्निमार्णको कामले पछिल्लोपटक गति लिएको छ। चाँडै नै रानीपोखरी पुनर्निर्माणको काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell