PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

जनकपुरमा दलित समुदायको अर्धनग्न प्रदर्शन 



पहिलोपोस्ट

जनकपुरमा दलित समुदायको अर्धनग्न प्रदर्शन 

जनकपुरधाम : पछिल्लो समय दलितमाथि राज्य पक्षद्वारा विभेद भइरहेको भन्दै आइतवार जनकपुरमा दलित समुदायले अर्धनग्न जुलुश प्रदर्शन गरेको छ। राज्यले दलितहरुसँग सदैव विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिने गरेको आरोप लगाउँदै जनकपुरमा दलित अगुवाहरुले अर्धनग्न भएर नगर परिक्रमा गरेका हुन्।

संयुक्त दलित संघर्ष समितिको ब्यानरमा चन्देस्वर दासको संयोजकत्वमा स्थानीय जनकचोक देखि शुरु भएको जुलुसमा जनकपुरको प्रमुख चोकहरु शिव चोक, भानुचोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए। जुलुस पुनः जनकचौकमै पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै दलित अगुवा चन्देस्वर सदाले पछिलो समय धनुषामा मात्र राज्यपक्षको हेलचेक्य्राइँका कारण दुई जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरे। मुसहर समुदायका सम्भु सदा र उपचार नपाएका कारण राजू सदाको मृत्यु भएकोमा सरकारले अहिले सम्म दोषीलाई कारबाही नगरेको उनले बताए। उनले दोषीलाई कडा कारबाही गर्न माग गरे।

सदाले प्रदेश सरकार समेत दलितको विषयमा मौन रहेको जिकिर गर्दै सरकारले छानबिन समिति गठन गरे पनि प्रतिवेदन सर्वजनिक नगरेको भन्दै सरकारको आलोचना गरेका थिए। 

प्रदर्शनमा दलित अगुवाहरु पूर्व सांसद रामप्रित पासवान, अगुवा चन्देस्वर सदा, बचु लाल माझी, रामेस्वर महारा र राजाराम मंडल सहितको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell