काठमाडौं : बाल गायक उसान तामाङको गीत ‘अक्षर लेख्ने औंलाहरू’ सार्वजनिक भएको छ। भविष्यको उदेश्य र देशप्रेमबारे भाव बोल्ने गीतमा लेखु सहयात्रीको शब्द र राजन खतिवडाको संगीत रहेको छ।
उसान तामाङको यसअघि नेपाली भाषाको ‘अभागी रहेछ’ र तामाङ भाषाका गीतहरू सार्वजनिक छन्।
‘लकडाउनको समयमा सिर्जनात्मक केही गराउने प्रयास हो यो गीत। बालबालिकालाई साथ र अवसर दिए उनीहरूमा भएको क्षमता निखार्न सक्छन् भन्ने उदाहरण पनि हो’, संगीतकार राजन खतिवडाले भने।
गीतलाई बुद्ध स्याङ्बाले संयोजन गरेका हुन्।
