PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

इपिएल: म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा



पहिलोपोस्ट

इपिएल: म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा

इङ्ग्लिस प्रिमियर लिगमा गएराति अन्तिम चरणको खेल भएसँगै यो सिजन सकिएको छ। जारी सिजनमा शीर्ष चारमा रहँदै च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेडले र चेल्सी अर्को च्याम्पियन्स लिग खेल्ने छन्।

प्रिमियर लिगको अन्तिम चरणमा शीर्ष चार र रेलिगेसनबाट बच्न प्रतिस्पर्धा थियो। गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले शीर्ष ४ मा रहने होडमा रहेको लेस्टर सिटीलाई २-० ले हराएको थियो भने चेल्सीले पनि वुल्भ्सलाई २-० ले नै हराएको थियो।

रेलिगेशनमा बर्नेमाउथ, वार्टफोर्ड र नर्विच

त्यस्तै प्रिमियर लिगबाट बर्नेमाउथ, वार्टफोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका छन्। गएरातिको खेलमा एस्टोन भिल्ला वेस्टह्यामसँग बराबरी खेल्दै रेलिगेशनबाट जोगिएको थियो। यसअघि नै रेलिगेशनमा जाने निश्चित भइसकेको नर्विच सिटी म्यानचेस्टर सिटीसँग ५-० ले पराजित रहेको थियो। ३४ अंक जोडेको वार्टफोर्ड गएरातिको खेलमा आर्सनलसँग ३-२ ले पराजित हुँदा ३४ नै अंक जोडेको बर्नेमाउथले एभर्टनलाई हराए पनि रेलिगेशन टर्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell