इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरिआलाई २-० ले हराउँदै उपाधि हात पारेको पारेको छ। एलिनाज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बेर्नार्डेस्चीले गोल गरे।
पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यो जारी सिजन उनको ३१ औं गोल हो।
दोस्रो हाफमा बेर्नार्डेस्चीले युभेन्टसका लागि अर्को गोल थपे। उनले ६७ औं मिनेटमा गोल गर्दा युभेन्टसले २-० को जित निकाल्यो। खेलको ८९ मिनेटमा पेनाल्टीमा पाएको अवसरमा रोनाल्डोले गोल गर्न सकेनन्।.jpg)
यो सिजनमा च्याम्पियन बनेसँगै युभेन्टस लगातार ९ सिजनमा सिरि ए को च्याम्पियन बनेको छ।
जितसँगै च्याम्पियन बनेको युभेन्टसको अंकतालिकामा ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टरमिलान ७ अंकले पछाडी छ। अर्कोतर्फ गएराति पराजय भोगेको साम्पडोरिआ भने ४१ अंकसहित १५ औं स्थानमा छ।
