PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

परीक्षा लिने निर्णयबाट पछि हट्यो पूर्वाञ्चल विश्वविद्यालय



पहिलोपोस्ट

परीक्षा लिने निर्णयबाट पछि हट्यो पूर्वाञ्चल विश्वविद्यालय

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय भदौ पहिलो साताबाट परीक्षा गराउने निर्णयबाट पछि हटेको छ। साउन ७ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट कोरोना संक्रमण र लकडाउनका कारण रोकिएका परीक्षाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको थियो। भदौ पहिलो साताबाट समाजिक दुरी कायम राख्दै परीक्षा अघि बढाउने तयारी थियो विश्वविद्यालय।

तर लकडाउन खुले पनि कोरोनाको महामारी नरोकिँदा परीक्षा फेरि स्थगित गर्ने निर्णयमा विश्वविद्यालय पुगेको हो।

'पछिल्ला केही दिनमा कोरोना सङ्क्रमणको कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' विश्वविद्यालयले आइतवार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता त्रिभुवन विश्वविद्यालयले पनि भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यार्थी संगठन तथा सरोकारवालाहरुले चर्को विरोध गरिरहेका छन्।

त्यस्तै स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोनाको केस अझै आइरहेकाले जोखिम यथावत् रहेको बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell