PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु



एम बम

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

धनगढी : कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र त्यसका चालक सूर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

युवतीको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारी साधन बौनियामै रोकिएको जनाएको छ।

शव घटनास्थलमै रहेको बताउँदै प्रहरीले मुचुल्का बनाएर उठाइने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell