PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अंकितको फिल्मलाई इटालीमा पुरस्कार



पहिलोपोस्ट

अंकितको फिल्मलाई इटालीमा पुरस्कार

अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ। मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइको फिल्म एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो। विजेता बनेसँगै फिल्मले ५ सय युरो पुरस्कार जितेको छ।

अंकित निर्देशित फिल्म यही सालको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। त्यसयता यो फिल्म अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ। फिल्मले वर्ल्ड फेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ।

नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकितले हाल भने अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका छन्।

अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी दिए। छायांकारको रुपमा २० भन्दा बढी फिल्ममा काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यु फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell