PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

घर भत्कियो, एक जनाको मृत्यु



रासस

घर भत्कियो, एक जनाको मृत्यु

ठिनी (मुस्ताङ) : मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका हुन्। ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ। बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो। स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell