काठमाडौं : आजबाट ४ दिनसम्म फेरि नेपालका विभिन्न भाषमा वर्षा हुने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहिरहेको र पर्याप्त जल वाप्पयुक्त हावा भित्रने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
नेपालका सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने भन्दै प्राधिकरणले पहाडी भूभागमा भूक्षय र पहिरो जान सक्ने र तराईमा बाढी,डुबान र कटान हुन सक्ने सम्भावना रहेको जनाएको छ।
प्राधिकरणले वर्षातका कारण आउन सक्ने विपद्लाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
