PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लकडाउन खुलेसँगै भदौमा हुँदैछ आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड, आवेदन आह्वान



पहिलोपोस्ट

लकडाउन खुलेसँगै भदौमा हुँदैछ आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड, आवेदन आह्वान

काठमाडौँ : नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२० का लागि आवेदन आह्वान गरिएको छ।

कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ अवार्ड आयोजना गर्न लागिएको हो। आयोजक कमिटीका अनुसार अवार्ड भदौ महिनाभित्र काठमाडौँमा गरिनेछ।

म्युजिक अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको छ। भदौ १५ सम्म फारम भर्न समय दिइएको छ। २०७६ असोजदेखि यस वर्षको भदौसम्मका गीत संगीतहरुलाई समावेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्नेछ। शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुशीमा सम्पर्क गरेर आवेदन भर्न सकिनेछ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। संचारकर्मी सूर्य चन्दको अध्यक्षतामा हुने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन्।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गित (तीज, दशैँ तिहार, होली), भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell