PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

नेकपामा विवाद : खुमलटारमा प्रचण्ड - नेपाल पक्षको भेला



पहिलोपोस्ट

नेकपामा विवाद : खुमलटारमा प्रचण्ड - नेपाल पक्षको भेला

काठमाडौं : स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्।

अहिले अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच छलफल भइरहेको एक सदस्यले जानकारी दिए।

असार १० गते गतेबाट सुरु भएको स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसेकको छ। मंगलवारका लागि बोलाइएको बैठक पनि अनिश्चित रहेको नेताहरु बताउँछन्। पार्टी विवाद समाधानका लागि प्रयास जारी राखिएको उनीहरुको भनाइ छ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिए पनि उनी पदबाट राजीनामा नदिने अडानमा छन्। प्रचण्ड-नेपाल समूहले ओलीले एक पद छोड्नपर्ने बताउँदै आएको छ।

अपडेट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षले बहुमतबाटै निर्णय गरेर जाने तयारी गरेको छ।

सोमवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको ओलीइतरका बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यहरुको भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने निश्कर्ष निकालिएको एक नेताले जानकारी दिए।

त्यस्तै, मंगलवार ११ बजेका लागि बोलाइएको बैठक नरोक्ने सहमति पनि नेताहरुबीच बनेको छ।

'प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने गरी छलफल भएको छ। भोलिको बैठक कुनै पनि हालतमा रोकिनु हुन्न,' ती नेताले भने।

असार १० गते गतेबाट सुरु भएको स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसेकको छ। नेकपाभित्रको किचलो यथावत रहेका कारण बैठक अन्यौलमा रहेको उनीहरुको भनाइ छ। पार्टी विवाद समाधानका लागि प्रयास जारी राखिएको भए पनि विवाद ज्यूँकात्यूँ रहेको नेताहरु बताउँछन्।

स्थायी कमिटी बैठकमा प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। तर, ओली पदबाट राजीनामा नदिने अडानमा छन्। प्रचण्ड-नेपाल पक्षले ओलीले एक पद छोड्नपर्ने अडान राख्दै आएको छ।

विवाद कायम रहँदा गत शुक्रवार यता ओली र प्रचण्डबीच भेटघाट हुन सकेको छैन। शुक्रवारको भेटपछि प्रचण्डले पुष्पलालको स्मृति सभामा ओलीप्रति आक्रोश पोखेका थिए। उनले पार्टीमा विवाद झनै चर्किएको संकेत गरेका थिए।

बाढी पहिरोका कारण देखाउँदै साउन ६ गते एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो।

सम्बन्धित समाचार :

बहुमतबाटै निर्णय गरेर अघि बढ्ने ओलीइतर पक्षको तयारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell