PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

वनमन्त्रीलाई जनार्दनको सुझाव: गल्ती सच्याएर चेपाङलाई नयाँ घर बनाइदिनुस्, दोषीलाई कारवाही गर्नुस्



पहिलोपोस्ट

वनमन्त्रीलाई जनार्दनको सुझाव: गल्ती सच्याएर चेपाङलाई नयाँ घर बनाइदिनुस्, दोषीलाई कारवाही गर्नुस्

काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जले लोपोन्मुख चेपाङ समुदायको घर भत्काइदिएको विषय अहिले राष्ट्रिय रुपमा चर्चामा छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घर नभएर मकै हेर्ने मचान भत्काएको दावी गरिरहेका छन्।

निकुञ्जले माडी नगरपालिका ९ कुसुमखोलामा चेपाङका घरमा आगो र हात्ती लगाएर भत्काएको छ। गरिब चेपाङहरु घरवारविहिन भएका बेला वनमन्त्री बस्नेतले भने संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा घर नजलाएको भन्दै निकुञ्जको बचाउ गरेका छन्।

भत्काएका घरलाई भत्काएको छैन भनेर संसदीय समितिमै दावी गरेपछि मन्त्री बस्नेत विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा उनको विरोध सुरु भएको छ। वनमन्त्रीका कारण सरकारकै विरोध सुरु भएपछि नेकपाका नेता कार्यकर्ताले गल्ती सच्याउन आग्रह गरेका छन्।

नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले गल्ती सच्याउन वनमन्त्री बस्नेतलाई सुझाव दिएका छन्। उनले मन्त्रीको नाम नलिई गल्ती सच्याएर चेपाङको घर बनाइदिन आग्रह गरेका छन्। साथै दोषीलाई कारवाही गर्न पनि उनले माग गरेका छन्।

सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।

Posted by Janardan Sharma'Prabhakar' on Sunday, July 26, 2020

घटनाको छानविन गर्न मन्त्रालयले समिति बनाएर पठाए पनि मन्त्रीलाई गलत रिपोर्टिङ गरेको भन्दै माडीका मेयर ठाकुरप्रसाद ढकालले आक्रोश पोखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell