PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

उपत्यका छिर्ने पूर्वी नाका साँगामा यसरी सुरु भयो पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिने काम

उपत्यका छिर्ने पूर्वी नाका साँगामा यसरी सुरु भयो पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिने काम

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : साँघाबाट काठमाडौं छिर्ने मानिसहरुको नाकामै थ्रोट स्वाबको स्याम्पल लिन थालिएको छ। लामो दुरी तय गरेर काठमाडौं आउँदै गरेका मानिसमा कोभिड १९ को संक्रमण भए नभएको थाहा पाउनका लागि स्वास्थ्य मन्त्रालय, बनेपाको रेडक्रस र बनेपा नगरपालिकाको संयुक्त टोलीले स्वाब संकलन थालेको हो। हिजो साँझदेखि विशेषगरी प्रदेश ए र दुई बाट उपत्यका प्रवेश गरिरहेका मानिसको स्याम्पल संकलन थालिएको हो।

उपत्यका भित्रन लागेका मानिसको नाम, ठेगाना, मोबाइल नम्बर तथा उनीहरु पुग्ने गन्तव्यसम्मको पूरा विवरण संकलनसँगै थ्रोट स्वाब लिइएको हो। उपत्यका छिर्ने अन्य नाकामा पनि यसैगरी परीक्षण गरिने तयारी भएको छ। फर्पिङ र नागढुङ्गामा पनि स्वाब लिने तयारी भएको हो।

साँघा भञ्ज्याङमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको छ। स्वाब परीक्षणले कोरोना भाइरस भए नभएको पुष्टि गर्न सकिन्छ भने उनीहरुको बाँकी विवरणले ट्रेसिङ गर्न सहज हुन्छ। त्यसैले सबै विवरण लिइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell